No ads found for this position

पाकिस्तानबिरुद्ध अस्ट्रेलियाको इनिङको जीत

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर ८ गते १२:५५
No ads found for this position
पाकिस्तानबिरुद्ध अस्ट्रेलियाको इनिङको जीत
No ads found for this position

एजेन्सी । पाकिस्तानबिरुद्धको पहिलो टेस्टमा अस्ट्रेलिया एक इनिङ र पाँच रनले विजयी भएको छ ।

ब्रिसबेनमा खेलिएको टेस्टमा दोस्रो इनिङमा पाकिस्तान ३ सय ३५ रनमा अलाउट हुन पुगेको थियो । यसअघि, पाकिस्तान पहिलो इनिङमा २ सय ४० रनमा समेटिएको थियो भने अस्ट्रेलियाले आफ्नो पहिलो इनिङमा ५ सय ८० रनको विशाल योगफल बनाएको थियो ।

दोस्रो इनिङमा बाबर आजमले शतकीय इनिङ खेल्दै १ सय ४ रन बनाए पनि पाकिस्तानलाई हारबाट जोगाउन सकेनन् । खेलमा मोहमद रिजवानले ९५ रनको योगदान दिए पनि यासिर शाह र सान महसुदले समान ४२ रनको योगदान दिए ।

अस्ट्रेलियाका लागि जोस हेजलवुडले चार विकेट लिए भने मिचेल स्टार्कले ३ विकेट लिए ।

अस्ट्रेलियाका लागि पहिलो इनिङमा १ सय ८५ रनको योगदान दिएका मार्नस लाम्बुसान प्लेयर अफ द म्याच चुनिए ।

जीतसँगै अस्ट्रेलियाले २ खेलको शृङ्खलामा १–० को अग्रता लिएको छ ।

प्रकाशित : २०७६ मंसिर ८ गते १२:५५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI