कवि डाँडाको आख्यान बहस : विभिन्न स्रष्टालाई पुरस्कार र सम्मान

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर ७ गते १९:१०
कवि डाँडाको आख्यान बहस : विभिन्न स्रष्टालाई पुरस्कार र सम्मान

लेखराम सापकोटा
सौराहा / ७ मंसिर

नेपाली साहित्यमा कथाको स्थान उच्च स्थानमा रहेकोे छ । कथा लेखन र पाठकको रोजाइले पनि कथालाई यो स्थान दिएको हो । शनिबार सौराहामा आयोजित कार्यक्रममा कथाकार महेश पौड्यालले समकालीन नेपाली कथाका बारेमा मन्तव्य राखे । उनले नेपाली साहित्यका अब्बल कथाकार र तिनका कृतिको चर्चा गर्दै विश्व साहित्यमा पनि कथाको स्थान सबैभन्दा उच्च रहेको बताए । कविडाँडा साहित्य समाजको १७ औं वार्षिकोत्सबका अवसरमा आयोजित कार्यक्रममा समकालीन नेपाली कथा: परम्पराको भार कि प्रयोगवादको सिकार´ शिर्षकमा पनि बहस चलाइएको थियो । बहस कार्यक्रममा नारायण ढकाल, नयनराज पाण्डे, जलेश्वरी श्रेष्ठ र भागिरथी श्रेष्ठसँग अश्विनी कोइरालाले सहजीकरण गरेका थिए । कार्यक्रममा कथामा देखाइने पात्र चरित्रका बारेमा चर्चा गरिएको थियो भने नेपाली लेखकले कथा लेखनका क्रममा प्रयोगमा ल्याउने धारको बारेमा पनि बहस भएको थियो । समाजले नेपाली भाषा र साहित्यको क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तिहरूलाई सम्मान पनि गरेको छ ।

जसअन्तर्गत कविडाँडा साहित्य सम्मान तथा देव-खिना स्मृति पुरस्कार-२०७६ बाट कवि इन्द्र रेग्मीलाई सम्मान गरेको छ । रेग्मीले सम्मानपत्र सहित १११६० नगद प्राप्त गरे । कविडाँडा अविनाशी कृति पुरस्कार -२०७५ बाट मैदारो उपन्यासका लागि आख्यानकार भूपिनलाई सम्मान गरेको छ । भूपिनले सम्मानपत्र सहित १०१६० नगद प्राप्त गरे । कविडाँडा राष्ट्रिय उत्कृष्ट आख्यान पुरस्कार -२०७५ बाट मरीचिका कथा सङ्ग्रहका लागि महेश थापा सम्मानित भए । उनले सम्मानपत्र सहित २५१६० नगद प्राप्त गरे । त्यस्तै कविडाँडा साहित्य सम्मान-२०७६ बाट बरिस्ठ स्रस्टाहरू भागीरथी श्रेष्ठ, उषा शेरचन र नारायण ढकाल सम्मानित भए । सम्मानित सबैलाई प्रमुख अतिथी माया ठकुरी, कविडाँडाका अध्यक्ष एलबी क्षेत्री र मिना लामिछाने ट्रस्टकी प्रमुख मीना लामिछानेले सम्मान गरेका थिए । त्यस्तै सोही कार्यक्रममा समाजले आयोजना गरेको कविडाँडा राष्ट्रिय कथा प्रतियोगिताको नतिजा पनि सार्वजनिक गरियो । कथा प्रतियोगितामा पुण्यप्रसाद खरेलकोघोडा´ शिर्षकको कथाले पहिलो स्थान हासिल गरेको छ । त्यसैगरी मुना चौधरीको समध´ कथाले दोस्रो स्थान हासिल गर्‍यो भने तेस्रो स्थानमा इन्द्रबहादुर भण्डारी इन्द्रेणीकोजमिल खाँको मिसन प्रस्ताव´ र मन्दिरा मधुश्रीको कुमारी कोख´ गरि दुईवटा कथा छानिए । त्यसैगरी कथा प्रतियोगिताको उत्कृष्ट दसमा गायत्रीकुमार चापागाईंकोआरोहणको कथा´, टंकबहादुर आले मगरको फेसबुके बाजे´, चरित्रा शाह भण्डारीकोसम्बन्ध´, राजेश बिद्रोहीको भोज´, सिर्जन अविरलकोमोड´, हिरा लामाको बाजे´ र हरिप्रसाद अधिकारीकोचारमन दाउरा´ शिर्षकका कथा छानिएका थिए । प्रतियोगितामा पहिलो हुने कथालाई १० हजार, दोस्रो हुनेलाई ७ हजार, तेस्रो हुनेलाई ५ हजार तथा उत्कृष्ट दसमा परेकालाई २/२ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
नेपाली साहित्यको संरक्षण र विकासका लागि मोफसलमा बसेर नियमितरूपमा काम गर्दै आएको कविडाँडाले यो वर्ष आख्यान बिधालाई छानेर कार्यक्रम गरिएको समाजका अध्यक्ष एलबी क्षेत्रीले बताए ।

प्रकाशित : २०७६ मंसिर ७ गते १९:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI