एजेन्सी । एक नयाँ अनुसन्धानले अविवाहित महिलाहरु विश्वका सबैभन्दा खुसी
मानिसमा पर्ने देखाएको छ । अनुसन्धानका अनुसार बालबच्चा नभएका अविवाहित
महिलाहरु संसारकै खुसी हुन्छन् ।
शिर्ष मनोविश्लेषकहरुको नेतृत्वमा गरिएको अध्ययनपछि यो निष्कर्ष
निकालिएको हो । एक्लो जीवन बिताइरहेका र बालबच्चा नभएका महिलाहरु घरेलु
जिम्मेवारीको बोझ उठाइरहेका आफ्ना साथीहरुको तुलनामा अधिक स्वस्थ र लामो
जीवन जीउने गरेको वेल्स स्थित एक प्रोफेसरले बताए ।
‘लन्डन स्कुल अफ इकोनोमिस्क’ का व्यवहारिक विज्ञानका शिर्ष विश्लेषक
डोलानका अनुसार अन्य व्यक्तिको तुलनामा अविवाहित महिलाहरु संसारकै बसैभन्दा
खुसी हुन्छन् ।
सबैभन्दा पछिल्लो डाटाले पनि ‘खुसी रहन र सुखी जीवन बिताउन विवाह र
मातृत्व जस्ता सामाजिक सफलताका पारम्परिक उपाय नै अपनाउनु पर्छ भन्ने जरुरी
नभएको’ संकेत गरेको डोनालले बताए । यी विषयहरु खुसी जीवनको स्तरसँग
सम्बन्धित नहुन पनि सक्ने उनको भनाइ छ ।
प्रकाशित : २०७६ मंसिर ७ गते १३:१२
Facebook Comment