कोरोनरी रक्तनलीको रोग के हो?

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर ७ गते १२:२८
कोरोनरी रक्तनलीको रोग के हो?

कोरोनली रक्तनलीको रोग भनेको यस्तो अवस्था हो जसमा मुटुमा आवश्यकता भन्दा कम मात्रामा रगत प्रवाह हुने गर्दछ।  यसलाई इस्केमिक मुटुरोग पनि भनिन्छ। यो हृदयाघात हुनुको प्रमुख कारण हो।
यो सामान्ततया मुटुको मांशपेशी रगत तथा अक्सिजन प्रवाह गर्ने कोरोनरी रक्तनलीहरु साँघुरो  वा बन्द हुनाले लाग्ने  गर्दछ। 

कोरोनरी रक्तनली रोगका लक्षण 
– छाती दुख्नेः  प्रायःजसो देव्रेतिर
– कहिलेकाहीँ बायाँ  पाखुरा, घाँटी र पेटको  माथिल्लो भाग दुख्ने
– कारोनरी रक्तनलीका रोग भएका बिरामीले कुनै किसिकको दुखाइ महसुस नगर्न सक्छन्। तर उनीहरुलाई श्वास फेर्न गाह्रो हुने,वाकवाक लाग्ने र बेहोस हुने गर्दछन्। 

प्रायःजसो यस्ता लक्षणहरु बिरामीले बल लगाउने किमिमका काम जस्तै – हिँडाइ) सकाए पश्चात् कम हुने गर्दछ। तथापि यदि आराम गरिरहेको समयमा पनि छाती दुख्न थालेमा वा सो दुखाई पर्याप्त आराम पश्चात् पनि यथावत् रहेमा हृदयघात (एक्युट मायोकार्डियल इन्फ्रक्शन) को लक्षण हुन सक्छ। 

सूर्तिजन्य पदार्थको सेवन, ध्रुमपान, उच्च रक्तचाप, मधुमेह, रगतमा बढी चिल्लोपना , मोटोपना, निस्कृय जीवनशैली यो रोगका प्रमुख कारक तत्व हुन्।

यो रोग इलेक्ट्रोकार्डियोग्राम (इसिजी) मार्फत पत्ता लगाउन सकिन्छ। यसबाहेक रक्तनली बन्द भएको  पुष्टि गर्न अभ्यास सहितको इ.सि.जी कारोनरी एन्जियोग्राफी र स्क्यान जस्ता अन्य थप जाँचहरु  गर्न आवश्यक पर्न सक्छ।

औषधिको सेवनले कारोनरी रक्रनलीको रोगका लक्षणहरुका साथै भविष्यमा मुटुलाई हुन सक्ने हानीलाई नियन्त्रण गर्न सकिन्छ।  केही बिरामीहरुको बनद भएको रक्तनलीलाई सानो बेलुनको प्रयोग (एन्जियोप्लाष्टि) वा शल्यक्रिया  गरेर खोल्नुपर्ने हुन सक्छ।

पर्याप्त उपचार गर्न  र जटिलताको रोगथामका लागि नियमित रेखदेख तथा जाँच गराउन जरुरी छ।

कोरोनरी रक्तनली रोगको रोकथाम र व्यवस्थापन
आफ्नो जीवनशैलीलाई परिवर्तन गर्नुहोस्ः
सन्तुलिन आहारमा बढी जोड दिने र आफ्नो स्वस्थ तौललाई कायम राख्ने
नियमित रुपमा शारीरिक व्यायाम गर्ने
धुम्रपान सेवान नगर्ने
मानसिक तनाव हटाउने
धेरै बोसोयुक्त खानेकुरा नखाने

–  जोखिमपूर्ण कारक तत्वहरुको समयभन्दा अगावै मूल्यांकन गर्न आफ्नो चिकित्सकसँग सम्र्पक गर्नुहोस् र यदि केही कारक तत्वहरुको विकास भइसकेको छ भने स्वास्थ्यको पूर्ण परीक्षण गराउनुहोस्।

–  ती जोखिमपूर्ण कारक तत्वहरुलाई चिकित्सकहरुले बोसो कम गर्ने औषधिको प्रयोग गरेर रगतमा भएको चिल्लोपन हटाउन सक्छन्। 

औषधिको प्रयोग गरेर रक्तचापलाई सामान्य बनाइराख्ने र डायटिसियनसँग सरसल्लाह गरेर खानपिन खानपिन सम्बन्धि सुझाव लिन सकिन्छ।

–   नियमित रुपमा दिनहुँ औषधि सेवन गर्नुहोस्। अन्यथा ती औषधिहरु लाभदायी हुँदैनन्। यस्ता आवश्यक औषधिहरु सधै बोक्ने गर्नुहोस्।

–    तपाइले सेवन गरिरहनु भएको औषधिहरुको प्रतिकूल असर बारे अनि यसबाट बच्ने विभिन्न उपायहरुबारे आफ्नो चिकित्सकसँग जानकारी लिनुहोस्।

–    चिकितस्कसँग समयसमयमा स्वास्थ्य जाँच गराउनुहोस् र परामर्श लिनुहोस्।

प्रकाशित : २०७६ मंसिर ७ गते १२:२८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI