टिपरको ठक्करबाट पैदल यात्रीको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर ६ गते ११:२४
टिपरको ठक्करबाट पैदल यात्रीको मृत्यु

नवलपरासी । पूर्वी नवलपरासीकाे सर्दीमा  हाेङ्सी सिमेन्ट कम्पनीमा ढुवानी गर्ने टिप्परकाे ठक्करबाट एक जना पैदलयात्रकाे घटना स्थलमै निधन भएकाे छ ।
नवलपुर प्रहरीका अनुसार विनयत्रिवेणी ३ सर्दी चिसापानीमा विहीबार साँझ लु २ ख २४१५ नम्बरकाे टिप्परकाे ठक्करबाट पैदलयात्रीकाे घटना स्थलमै निधन भएकाे हाे । ठक्करबाट सर्दीकै ४७ बर्षीय विष्णुमाया सुनारकाे निधन भएकाे हाे ।
टिप्पर र टिप्पर चालक प्रहरी नियन्त्रणमा रहेकाे छ ।

प्रकाशित : २०७६ मंसिर ६ गते ११:२४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI