लिम्पियाधुरा, कालापानी र लिपुलेक कुनै पनि हालतमा छाड्न सकिन्न : महामन्त्री कोइराला

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर ४ गते १५:४४
लिम्पियाधुरा, कालापानी र लिपुलेक कुनै पनि हालतमा छाड्न सकिन्न : महामन्त्री कोइराला


HomeBanner News

लिम्पियाधारा, कालापानी र लिपुलेक कुनै पनि हालतमा छाड्न सकिन्न : महामन्त्री कोइराला

November 20, 20191

 Facebook Twitter

विराटनगर । नेपाली काँग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले नेपाली भूभाग लिम्पियाधारा, कालापानी र लिपुलेक नेपालको भएकोले कुनै हालतमा छाड्न नसकिने बताएका छन् ।  विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हामी आफ्नो भूभागको एक इन्च पनि नछाड्ने भनी प्रतिबद्धता जनाउनुभएकामा नेपाली काँगे्रसको पनि समर्थन रहेको बताए ।

महामन्त्री कोइरालाले नेपाल विद्यार्थी सङ्घमा अब हुने अधिवेशनपछि मात्र उमेरको हद लागू हुने विधानमा उल्लेख छ भन्दै नेपाली काँग्रेस पार्टी एक भएर अघि बढ्नुपर्ने समय आएको बताए । उनले मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) नेपाली काँगे्रसमा एकीकृत भएपछि फोरम लोकतान्त्रिकबाट केन्द्रीय सदस्यका लागि सिफारिस भएको ११ जनाको विषयमा पार्टीले अध्ययन गरिरहेको बताए ।  

काँग्रेसको आउने महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने कुरामा आफूले अहिले नै निश्चय नगरेको बताँउदै महामन्त्री कोइरालाले रौतहटका नेपाली काँग्रेस नेता अफताव आलमको विषयमा मुद्दा न्यायालयमा गएकोले केही बोल्नु उपयुक्त नहुने धारणा राखे । उनले मुलुकको विभिन्न स्थानमा भइरहेको उपनिर्वाचनमा नेपाली काँग्रेसको समर्थन बढिरहेको बताए ।

प्रकाशित : २०७६ मंसिर ४ गते १५:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI