अतिक्रमित भुभाग फिर्ता ल्याउन जनमोर्चाको सरकारलाई दबाब

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर ४ गते ९:४३
अतिक्रमित भुभाग फिर्ता ल्याउन जनमोर्चाको सरकारलाई दबाब

मंसिर ४
नेपाल भारत विचमा रहेको करिव १८ सय किलोमिटर सुमा क्षेत्रमा भारत सरकारले करिव १ सय २२ स्थानमा सिमा अतिक्रमण गरेको भन्दै राष्ट्रिय जनमोर्चा जिल्ला समिति नवलपुरले विरोध गरेको छ ।

बुधवार राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यलय, गण्डकी प्रदेश मुख्य मन्त्रीलाई जिल्ला प्रशासन कार्यलय नवलपुरबाट ज्ञापन पत्र बुझाउदै सिमा विवादलाई सबै दल मिलेर साम्य गराउन माग गरेको छ ।

मोर्चाले जारी गरेको त्रापन पत्रमा सर्वदलिय सहमति र सरकारले लिएको अडानलाई राष्ट्रिय जनमोर्चाले दृढताका साथ समर्थन गर्दे भारतले हाल सम्म जवजस्ती कब्जागरेको सै नेपाली भूमि फिर्ता लिनकालागि समेत अपिल गरेको छ ।

यस्तै मोर्चाको ज्ञापन पत्रमा अरु जिल्ला संगै नवलपरासी पर्व र पश्चीममा रहेका सिमा पनि अतिक्रमणमा परेको हुदा नेपालमा जति पनि अतिक्रमित सिमा छन सबै फिर्ता ल्याउन समेत सरकारलाई आग्रह गरेको छ ।

राष्ट्रिय जनमोर्चा पार्टिका जिल्ला अध्यक्ष दिपक पाण्डेको संयोजनमा गएको टोलिले प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्किलाई बुझाएका थिए ।

प्रकाशित : २०७६ मंसिर ४ गते ९:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI