सेनाकै मेडिकल कलेजमा करियर धरापमा पार्ने धम्कीसहित असुली !

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर ३ गते २:१३
सेनाकै मेडिकल कलेजमा करियर धरापमा पार्ने धम्कीसहित असुली !

३ मंसिर, काठमाण्डौं । नेपाली सेनाद्धारा संचालित स्वास्थ्य विज्ञान संस्थान (मेडिकल कलेज) ले धम्क्याएर अतिरित्त, शुल्क लिने गरेको गुनासो विद्यार्थीले गरेका छन् ।

काठमाण्डौंको सानो भर्याङमा रहेको कलेजले विद्यार्थी पिच्छे फरक फरक ‘फी स्टक्चर’ वितरण गरेर बढी शुल्क लिदैं आएको मंगलरबारको कान्तिपुर दैनिकमा समाचार छ । सन् २०१७ ब्याचका विद्यार्थीबाट तोकिएको शुल्क भन्दा ४ लाख ३२ हजार रुपैयाँ सम्म बढी असुलेको पाइएको हो ।

सरकार र चिकित्शा शिक्षा अध्ययन संस्थान (आइओएम) ले तोकेको शुल्क र किस्ता प्रणालीसमेत उल्लंघन गर्दै कलेजले रकम असुल्ने गरेको एक विद्यार्थीले बताए । ‘बढी शुल्क लिएको विषयमा बोले करियर धरापमा पारिदिन्छौं, फेल गरिदिन्छौ भनेर धम्की दिन्छन् ।’ ती छात्रले भने ।

प्रकाशित : २०७६ मंसिर ३ गते २:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI