No ads found for this position

मेडिकल कलेजमा शंकास्पद लगानी

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर ३ गते २:१०
No ads found for this position
मेडिकल कलेजमा शंकास्पद लगानी
No ads found for this position

३ मसिंर, काठमाडौँ । प्रधानमन्त्री कार्यालयमातहतमा रहेको राष्ट्रिय सतर्कता केन्द्रले केही समयअघि निजी मेडिकल कलेजमा छापा मारर्याे ।

निजी मेडिकल कलेजमाथि विद्यार्थीसँग तोकिएभन्दा बढी शुल्क लिएर ठगी गरेको आरोप लागेपछि छापा मारिएको थियो । उक्त केन्द्रलगायत अन्य निकायले निजी मेडिकल कलेजहरुले विद्यार्थीहरुबाट तीन अर्बभन्दा बढी ठगी भएको ठहरसहितको प्रतिवेदन तयार पारेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केही मेडिकल कलेजमाथि छापा मारेर कागजात नियन्त्रणमा लिएको छ ।

उक्त विभागले ती कलेजमा भएको लगानी नै शंकास्पद देखिएको बताएको छ । विभागका एक अनुसन्धान अधिकृतका अनुसार नेपालमा सञ्चालनमा रहेका मेडिकल कलेजहरुमध्ये आधाजसो कलेजमा रहेको लगानी (प्रमोटर सेयर) को स्रोत नै शंकास्पद छ ।

विभागले त्यस किसिमको शंका उत्पन्न भएपछि त्यस्ता कलेजहरुलाई प्राथमिकतामा राखेर छापा मारेको हो । मंगलबारको राजधानी दैनिकबाट

प्रकाशित : २०७६ मंसिर ३ गते २:१०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI