दोश्रो नमूना गोल्डकपमा आज प्रगतिनगर विजयी

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर २ गते १२:१५
दोश्रो नमूना गोल्डकपमा आज प्रगतिनगर विजयी

राजु चापागाई देवचुली, २ मंसिर

देवचुली नगरपालिकामा संचालित दोस्रो नमुना गोल्डकप २०७६ मा आज ए के एस फुटबल क्लब प्रगतिनगर विजयी भएको छ । प्रगतिकला मन्दिर युवा क्लबको आयोजनामा जन ज्योति नमुना मा वि को खेलमैदानमा संचालित प्रतियोगितामा ए के एस फुटबल क्लब प्रगतिनगरका विरुद्ध केरुङ क्लब २८ बिघाबिच भएको खेलमा ए के एस फुटबल क्लब प्रगतिनगर २ – ० गोल अन्तरले विजयी भएको हो । जितसंगै ए के एस फुटबल क्लब प्रगतिनगर सेमिफाइनल प्रवेश गरेको छ । खेलमा ए के एस फुटबल क्लब प्रगतिनगरको तर्फबाट बिक्की राई र कौशल गुरुङले गोल गरेका थिए । आजको खेलमा ए के एस फुटबल क्लब प्रगतिनगरका बिक्की राई म्यान अफ दि म्याच घोषित भएका छ्न ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १,११,१११/- ट्रफी , प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु ६१,१११/- प्राप्त गर्नेछ । त्यस्तै खेलमा सर्वोकृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र अनुशासित टिमलाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा भोलि मुकुन्दपुर युवा क्लब भेडावारी र हर्दी समाज युवा क्लब भण्डाराबीच खेल हुने खेल संयोजक प्रकाश श्रेष्ठले बताए ।

प्रकाशित : २०७६ मंसिर २ गते १२:१५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI