लागू औषध सहित दुई पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर २ गते ९:४७
लागू औषध  सहित दुई पक्राउ

नवलपुर, मंसिर २,
नवलपरासी (व सु पुर्व ) आइतवार करिव राति ९ः३० बजेको समयमा नवलपुर प्रहरीले २ जनालाई लागु औषध सहित पक्राउ गरेको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत कावासोती १६ तिन घरे चोकबाट प्रहरीले चेक जान गर्ने क्रममा पक्राउ गरेको हो । बुटवलबाट नारायणघाट तफ आउदै गरेको ना ५ ख ७६३३ नम्बरको बसबाट गैडाकोट नगरपालिका बस्ने वर्ष २७ का सुरज शर्मा सोही स्थान बस्ने वर्ष २६ का डिल्ली राम महतोलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेको साथबाट डाईजोपाम २ सय ५० एम्पुल, नुफिन २ सय ५० एम्पुल, फनार्गन २ सय ५० एम्पुल गरि जम्म ७ सय ५० एम्पुल लागुऔषध बरामत गरेका जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनु भएको हो ।

प्रकाशित : २०७६ मंसिर २ गते ९:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI