काठमाडौं : बंगलादेशमा जारी एसीसी इमिर्जिङ टिम
एसिया कपमा नेपाल अहिले आयोजक बंगलादेशको सामना गरिरहेको छ । बंगलादेशले टस जितेर पहिले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निकै कमजोर
प्रदर्शन गर्यो ।
नेपालले
बंगलादेशलाई जितका लागि १३९ रनको झिनो लक्ष्य दिएको छ । ४४.३ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन मात्रै बनाउन सक्यो। कुनै
ब्याट्सम्यान नचल्दा ९औं नम्बरमा क्रिजमा आएका सोमपाल
कामीले नेपालको स्कोर केही उकासे कामीले ६३ बलमा ४ चौकासहित ३८ रन बनाए ।
कप्तान ज्ञानेन्द्र मल्लले २२, करण केसीले १८, आरिफ शेखले ११, कुशल भुर्तेलले १० रन जोडे।
ओपनिङमा आएका
कप्तान ज्ञानेन्द्र र कुशलले राम्रो सुरुवात गरेका थिए । ६.५ ओभरमा ३३ रन हुँदा पहिलो विकेटका रुपमा कुशल आउट
भएपछि नेपालको विकेट गुम्ने क्रम
निरन्तर चल्यो । २८ ओभर सकिँदा नेपालको ८ विकेट गुमिसकेको थियो स्कोर बोर्डमा नेपालको रन ८५ मात्रै थियो । करण केसी र
सोमपाल कामीले ९औं विकेटका लागि ९१ बलमा ५० रनको
साझेदारी गरी नेपाललाई केही राहत दिलाए ।
बंगलादेशका सोमन
खान र सायद अवेदिनले नेपालको ३–३ विकेट लिँदा
तानबीर इस्लाम र महादी हसनले २–२ विकेट लिए।
पहिलो खेलमा
भारतसँग ७ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा हङकङमाथि ४० रनको जित हात
पारेको थियो ।
प्रकाशित : २०७६ मंसिर २ गते ६:५०
Facebook Comment