सल्यानमा
एकजना जनप्रतिनिधिले राजीनामा दिएर शिक्षक पेशामा संलग्न भएका छन् ।
सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेश कुमार बुढामगर वडाध्यक्ष पदबाट
राजीनामा दिएर प्राथमिक तहको शिक्षक भएका हुन् ।
विसं
२०७४ को स्थानीयतहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचित बुढामगरले
शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको खुलाकोटाअन्तर्गत मुस्ताङबाट नाम
निकाल्नु भएको हो ।
तत्कालीन
नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार देवेन्द्र रोका र बुढामगरले ३२१ समान
मत प्राप्त गरेपछि गोलाप्रथाद्वारा बुढामगर निर्वाचित भएका थिए । शिक्षक
सेवा आयोगले लिएको सबै परीक्षा उतिर्ण भएपछि उनले वडाध्यक्ष पद त्यागेर
मुस्ताङमा रहेर सेवा गर्ने निष्कर्षमा पुगेका हुन् ।
“वडाध्यक्षमा
न त अधिकार देखियो न सुविधा नै, जनताको लागि केही गर्न नसकिने भएपछि पद
ओगटेर मात्र के काम भनेर शिक्षण पेशा रोजे”, बुढामगरले भने ।
आगामी
दिनमा राजनीतिमा नफर्किने सोचेका बुढामगरले भने, “अब विद्यार्थीलाई
आफूसँगको ज्ञान सिकाउँछु, शैक्षिक गुणस्तर सुधारका लागि सेवा गर्न
चाहान्छु”, बुढामगरले भने ।
उनले गत बुधबार गाउँपालिकामा आएर
राजीनामा दिएका थिए । सोही दिन गाउँ कार्यपालिकाको बैठक भएकाले सोही
बैठकबाट बुढामगरको राजीनामा स्वीकृत गर्दै ज्येष्ठ वडासदस्य वीरबहादुर
खड्कालाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिइएको गाउँपालिका अध्यक्ष
चित्रबहादुर चलाउनेले जानकारी दिए ।
प्रकाशित : २०७६ मंसिर २ गते ६:४५
Facebook Comment