२१ वर्षीय युवकको पेटबाट फलामको सिक्री र पेटीको बक्कल निकालियो

NAWALPUR TIMES

२१ वर्षीय युवकको पेटबाट फलामको सिक्री र पेटीको बक्कल निकालियो
operation 1

विराटनगर, चैत २-

विराटनगरमा शल्यक्रिया गरी युवकको पेटबाट फलामको सिक्री र कम्मरमा बाँध्ने पेटीको बक्कल निकालिएको छ ।

नोबेल मेडिकल कलेज विराटनगरका चिकित्सकले भोजपुर नगरपालिका– १२ का २१ वर्षीय युवकको शल्यक्रिया गरी फलाम र पेटी निकालेका हुन् ।
२१ वर्षीय युवकको पेटबाट फलामको सिक्री र पेटीको बक्कल निकालियो 1

नोबेल मेडिकल कलेज विराटनगरका प्रबन्धक नारायण दाहालका अनुसार सुरुमा फलामको सिक्री र पछि पेटीको बक्कल निलेका २१ वर्षीय युवक गम्भीर बनेका थिए ।

त्यस्तै नोबेल मेडिकल कलेजबाट उपचारपछि घर फर्किएका युवकको शल्यक्रिया शल्य चिकित्सक डा. ध्रुवनारायण शाह र मोहन खड्कासहितको टोलीले गरेको दाहालले बताए ।

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology