पत्रकार महासंघ नवलपुरको दोस्रो बार्षिक साधारण सभा सम्पन्न

NAWALPUR TIMES

पत्रकार महासंघ नवलपुरको दोस्रो बार्षिक साधारण सभा सम्पन्न
IMG 20221216 100047 scaled

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रेस स्वतन्त्रता कुण्ठित पार्ने कोही कसैबाट हुन नहुने बताउनुभयो । पत्रकारजगतले पनि आचारसंहिता पालनामा सचेत रहन आवश्यक रहेको मुख्यमन्त्री नेपालीको भनाइ छ । उहाँले भन्नुभयो “प्रेस स्वतन्त्रता अराजकता पनि होइन, आचारसंहिता पालनामा प्रेसले पनि सचेत हुन आवश्यक छ ।”
नेपाल पत्रकार महासंघ नवलपुर जिल्लाका अध्यक्ष विरेन्द्र पराजुलीले नवलपुर शाखालाई सबै पत्रकारको साझा संस्था बनाउने बताउनुभएको छ । संस्थामा राजनितीक गंन्ध नआउने गरि काम गरेको उहाँले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माले प्रदेश भित्र रहेका अन्य जिल्लामा पनि पत्रकार महासंघको भवनका लागि सरकारले सहयोग गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासघं केन्द्रीय सचिव सृजना अर्यालले पत्रकारिताबाट श्रमजीवी पत्रकारले जीवन संचालन गर्नसक्ने वातावरण बनाउनुपर्नेमा जोडदिनु भएको छ ।

नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले सुशासनलाई प्रभावकारी बनाउन, विकास निमार्णको कामलाई सहयोग पुग्नेगरी समाचार लेख्न आग्रह गर्नुभएको छ ।

कार्यक्रममा उपस्थित अतिथिहरुले शुभकामना मन्तव्य राख्दै सरकारले सञ्चार बिधेयक पास गर्नुपर्ने, जिल्लामा हुलाका कार्यालय स्थापना गराउनुपर्ने लगायतका माग राखेका थिए ।

वार्षिक साधारण सभामा विजय एफएमका अध्यक्ष डा. भुमीराज चापागाईंलाई कृष्णलाल पराजुली स्मृती पुस्कारबाट सम्मानित गरिएको थियो ।

साधारण सभाको बन्दसत्रमा पत्रकार महासंघ नवलपुरका सचिव विष्णु गौडेलले प्रस्तुत गर्नुभएको प्रतिवेदन र कोषाध्यक्ष दिपेश कडरियाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology