कावासोती । नवलपुरमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मध्यविन्दु जिल्ला अस्पतालको पिसिआर प्रयोगशालामा आईतबार गरिएको ३० जनाको पिसिआर परिक्षणमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको मध्यविन्दु जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुबेदीले जानकारी दिएका छ्न ।
आईतबार थपिएका संक्रमित मध्य जिल्लाको कावासोती नगरपालिकाका २ जना, मध्यविन्दु नगरपालिकाका ३ जना, गैंडाकोट नगरपालिकाका ३ जना देवचुली नगरपालिकाका २ र हुप्सेकोट गाउँपालिकाका २ जना रहेका सुवेदीले जानकारी दिएका छ्न ।
प्रकाशित : २०७८ वैशाख १२ गते १८:२९
Facebook Comment