एमाले अध्यक्ष ओली भोलि कावासोती आउने

NAWALPUR TIMES
प्रकाशित : २०७८ फागुन २२ गते १३:०४
एमाले अध्यक्ष ओली भोलि कावासोती आउने
kp oli aayog

नवलपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि नवलपुर आउनुहुने भएको छ । जिल्लाको कावासोती स्थित मध्यविन्दु बहुमुखी क्याम्पसको १६औं बार्षिकोत्सव तथा अभिभावक दिवश समारोहमा सहभागी हुन ओली नवलपुर आउन लाग्नुभएको हो ।

क्याम्पस प्रमुख समेत रहनुभएका नेकपा एमालेका जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेका अनुसार ओलीले क्याम्पसको नवर्निमित पुस्तकालय भवन र प्रशासनिक भवनको उद्घाटन गर्ने कार्यक्रम छ ।नेकपा एमालेको अध्यक्षमा निर्वाचित भएपछि ओली पहिलोपटक नवलपुर आउन लाग्नुभएको हो । विहान ११ वजे हेलिकोप्टर मार्फत ओली कावासोती आउने कार्यक्रम छ ।

प्रकाशित : २०७८ फागुन २२ गते १३:०४
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI