स्ववियु निर्वाचन : कुमारवर्ती क्याम्पसमा चापागाईं र अधिकारी विच प्रतिष्पर्धा हुने

NAWALPUR TIMES

स्ववियु निर्वाचन : कुमारवर्ती क्याम्पसमा चापागाईं र अधिकारी विच प्रतिष्पर्धा हुने
InShot 20230314 183312694

नवलपुर : कावासोतीमा रहेको कुमारवर्ती बहुमुखी क्याम्पसको स्ववियु चुनावमा नेपाली काँग्रेस निकट नेपाल बिद्यार्थी संघका सुदिप चापागाई र एमाले निकट अनेरास्ववियुका गौरव अधिकारी बिच सभापती पदमा प्रतिष्पर्धा हुने भएको छ ।
आज भएको मनोनयन दर्ता अनुसार नेविसंघर अनेरास्ववियुले प्यानलनै खडा गरेर चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् ।

निर्वाचन समितिका संयोजक बिष्णु न्यौपानेका अनुसार नेविसंघ बाट सभापतीमा चपागाईं सहित सचिवमा कुमार सिंजाली मगर , कोषध्यक्षमा बर्ष खरेल उम्मेदवार बनेका छन् । यसैगरि सदस्यहरुमा सृजना श्रेष्ठ , कृष्ण रिजाल र शिवकुमारी बराली उम्मेदवार छन् ।

यस्तै अनेरास्ववियु बाट सभापतमिा अधिकारी सहित सचिवमा सृजना पौडेल , कोषाध्यक्षमा सलिना भण्डारी उम्मेदवार रहेका छन् । यस्तै सदस्यहरुमा अनिता लम्साल , सुकबहादुर फाल र देवी थापामगर उम्मेदवार रहेका छन् । यस्तै नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकार बाट भने सदस्य पदमा लोकमाया दर्लामीको उम्मेदवारी परेको छ ।
कलेजमा यही चैत्र ५ गते स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन हुँदैछ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology