मध्यविन्दु कैलाशेश्वर शिवमन्दिरमा मंसिर ११ देखि १८ सम्म श्रीमद्भागवत महायज्ञ हुने

NAWALPUR TIMES

मध्यविन्दु कैलाशेश्वर शिवमन्दिरमा मंसिर ११ देखि १८ सम्म श्रीमद्भागवत महायज्ञ हुने
404160182 1381703095788002 6424729415666403921 n

चोरमारा । मध्यविन्दु नगरपालिका–७ चोरमारामा अवस्थित मध्यविन्दु कैलाशेश्वर शिवमन्दिर (शिवशक्ति पिठ) मा यहीं मंसिर ११ गते देखि १८ गते सम्म श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ हुने भएको छ ।

पूर्वपश्चिम महेन्द्रराजमार्ग संगै अवस्थित मन्दिरको भौतिक स्तरउन्नती सहित धार्मिक पर्यटकीय स्थलको रुपमा बिकासका लागि महायज्ञ आयोजना गरिएको महायज्ञ मूल समारोह समितिका संयोजक अर्जुन पुरीले बताउनुभयो । महायज्ञलाई भव्यरुपमा सम्पन्न गर्न मूल समारोह समिति सहित विभिन्न उपसमिति गठनको काम भइसकेको मंगलबार मन्दिर परिषरममा आयोजित पत्रकार सम्मेलन मार्फत पुरीले जानकारी दिनुभयो । महायज्ञमा प्रमुख बाचक बालव्यास श्रवण न्यौपानेको मुखुरविन्दबाट संगितमय कथा वाचन सहित कथा अनुसारको झाकीहरु प्रस्तुत हुनेछ ।

धार्मिक तथा मन्दिरको सर्वाङ्र्गिण विकास गर्ने उद्देश्य सहित आयोजना गरिएको महायज्ञलाई सफल बनाउन सबै धर्मअनुरागी भक्तजनहरुलाई महायज्ञमा सहभागी हुनुहुन प्रमुख बाचक बालव्यास श्रवण न्यौपानेले अनुरोध गर्नुभयो । स्थानीय समुदायको सक्रियतामा आयोजित महायज्ञबाट देवभूमी देवघाटको नजिकै र मध्यभागमा अवस्थित यस मन्दिरलाई धार्मिक पर्यटीयक स्थलको रुपमा विकास गर्ने सम्भावना उच्च रहेको उहाँले बताउनुभयो ।

महायज्ञमा स्थानीय समुदायको उपस्थिति र उहाँहरुबाट प्राप्त हुने दानदक्षिणाको लागि सचिवालय मार्फत पत्रचार सहित महायज्ञमा सहभागीता बृद्धिको काम अगाडी बढेको सचिवालय संयोजक लेखनाथ भट्टराईले बताउनुभयो । महायज्ञमा दान गर्ने दानविरहरुलाई उहाँहरुले गर्नु भएको दानको आधारमा विभिन्न सम्मानको कार्यक्रमहरु तय गरिएको आर्थिक समिति संयोजक भिम गैह्रेले बताउनुभयो ।

धनधान्याञ्चल ज्ञान महायज्ञको मंसिर ११ गते बिहान १०ः३० बजे बाजागाजा सहित विभिन्न भेषभूषायुक्त झाँकी सहित कलश यात्रा संगै दिउसो १ बजे प्रमुख अतिथिद्वारा समुद्घाटन हुने कार्यक्रम रहेको छ । यस्तै हरेक दिन बिहान ५ बजे देखि राष्ट्रिय अन्तर्राष्ट्रिय योग प्रशिक्षक योगाचार्य लक्ष्मी प्रसाद सुवेदीबाट योगसाधना, विहान ६ बजे देखि ७ बजेसम्म पूजा अर्चना, विहान ७ वजेदेखी ११ बजेसम्म मुल पाठकपरायण, वेदपाठ, रुद्री, चण्डी पाठ पारायण, हवन, कीर्तन एवम् तुलादान, मध्यान्ह ११ बजेदेखि वेलुका ४ः३० बजेसम्म संगीतमय भागवत कथा वाचन, लिलामय कथा श्रवण, प्रसंग अनुसार झाँकी, आरती र फुल प्रसाद वितरण, ग्रहशान्ति गर्नुका साथै तुलादान, भूमिदान, द्रव्यदान र दानवीरहरुलाई विशेष सम्मान, वेलुकी ७ बजेदेखि १०ः३० वजेसम्म कथा महाम्त्य राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुवाट भजन कीर्तन तथा समापन र मंसिर १८ विदाई तथा समापन कार्यक्रम रहेको मन्दिरका उपाध्यक्ष ध्रुवप्रसाद तिवारीले बताउनुभयो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology