बिजुलीको पोलमा मोटरसाइकल ठोक्किदा २ जना घाईते

NAWALPUR TIMES

बिजुलीको पोलमा मोटरसाइकल ठोक्किदा २ जना घाईते

कावासोती । बिजुलीको पोलमा मोटरसाइकल ठोक्किदा बौदीकालीमा २ जना घाईते भएका छ्न ।

कालीगण्डकी करिडोर हुदै डेढगाउँ बाट कावासोती आउदै आउदै गरेको लु४६प २३८१ नं.को बौदीकाली-१ मचेडीमा बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा मोटरसाइकल चालक बौदीकाली-३ बस्ने यम बहादुर ठाडा र मोटरसाइकलमा सवार रनबहादुर स्माईली घाईते भएका जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी बेदबहादुर पौडेलले जानकारी दिए ।

घाईतेहरुलाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल ल्याईएको र मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology