पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

NAWALPUR TIMES

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
kaligandaki coridor

कावासोती । लगातार परेको वर्षा सँगै पहिरो खसे पछि कालीगण्डकी करिडोरको बुलिङ्ग्टार गैंडाकोट खण्ड अवरुद्ध भएको छ ।

नवलपुरको बुलिङटार गाउँपालिका-१को मोच डाँडा र वडा नम्बर ६ मा पर्ने कौडेको भिर भन्ने स्थानमा खसेको पहिराको कारण कालिगण्डकी करिडोर १९ घण्टा देखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी वेदप्रसाद पौडेलले जानकारी दिए । पौडेलका अनुसार यसै गरि गैंडाकोट-१ मा पर्ने तरेङ्गे खोलामा समेत पानीको बहाव अत्याधिक बढदा सवारी साधन चल्न सकेका छैन्न ।

डिएसपी पाठक अनुसार जिल्लाको दलदले बुलिङ्गटार जोडने सडक समेत पहिरोको कारणले अवरुद्ध भएको छ । बुलिङ्गटारको अर्खलामा पहिरो खसेकाले यो सडक पनि अवरुद्ध भएको हो ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology