पशुपतिनाथको मन्दिर सर्वसाधारणका लागि बन्द

NAWALPUR TIMES

पशुपतिनाथको मन्दिर सर्वसाधारणका लागि बन्द
Pashupatinath temple

काठमाडौं । कोभिड-१९ को नयाँ भेरियन्ट ओमिकोन फैलिएसँगै पशुपतिनाथ मन्दिर  बन्द हुने भएको छ । आज राति १२ बजेदेखि अर्को सूचना जारी नभएसम्म पशुपतिनाथको मन्दिर सर्वसाधारणका लागि बन्द हुने भएको हो ।

कोरोना  संक्रमण बढ्दै गएकाले आज राती १२:०० बजेदेखि अर्को सूचना नभएसम्म सर्वसाधारण लगायत श्रद्धालु भक्तजनका लागि बन्द रहने पशुपति क्षेत्र विकास कोषका सदस्य-सचिव डा. मिलन कुमार थापाद्वारा जारी सूचनामा उल्लेख छ ।

सर्वसाधारणका लागि बन्द रहे पनि पशुपतिनाथ, गुह्येश्वरी लगायत पशुपति क्षेत्रका सबै मठमन्दिरहरूमा परम्परागत नित्य पूजा भने हुनेछ ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology