नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८

NAWALPUR TIMES

नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८
janaganana 20782023 03 24 11 42 28

तथ्यांक विभागले राष्ट्रिय जनगणना ०७८ को अन्तिम नतिजा सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक गरिएको अन्तिम तथ्यांकअनुसार अब नेपालको कुल जनसंख्या  दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ पुगेको छ।

शुक्रबार सोल्टी होटेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तिम नतिजा सार्वजनिक गरेका हुन् । यसअघि विभागले जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गरेको थियो । शुक्रबार अन्तिम जनगणनाको पुस्तक सार्वजनिक गरिएको हो ।

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा धेरै जनसंख्या काठमाडौंको छ । हाल काठमाडौंको जनसंख्या २० लाख ४१ हजार पाँच सय ८७ पुगेको विभागले जनाएको छ । विभागले सार्वजनिक गरेको तथ्यांकमा सबैभन्दा बढी जनसंख्या वृद्धिदर भक्तपुर र कम जनसंख्या रामेछापमा रहेको पाइएको छ ।

विभागको नयाँ तथ्यांकमा पुरुषभन्दा महिलाको संख्या बढी छ । जसमध्ये पुरुषको संख्या एक करोड ४२ लाख ५३ हजार पाँच सय ५१ र महिलाको संख्या एक करोड ४९ लाख ११ हजार २७ रहेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology