तीनै तहको बजेटले नचिनेको चुली : नवलपुरको देवचुली

NAWALPUR TIMES

तीनै तहको बजेटले नचिनेको चुली : नवलपुरको देवचुली
devchuli dada

सन्जय भट्टराई/कावासोती

पर्यटकीय सम्भावना बोकेको महाभारत पर्वत श्रृङखला पर्ने नवलपुरको सबै भन्दा अग्लो पहाड देवचुली पहाडलाई आगामी आर्थिक वर्ष २०८०/८१ को तीनै तह संघ प्रदेश र स्थानिय तहको बजेटले छुन सकेन, चिन्न सकेन ।

संघीय सरकार, प्रदेश सरकार र जिल्लाका आठ वटा स्थानिय सरकारले बजेट सार्वजनिक गरिरहँदा प्रचुर पर्यटकीय सम्भावना बोकेको देवचुली पहाडको संरक्षण, संर्वद्घन र विकासका लागी देवचुली नगरपालिकाको १३लाख र गत वर्षको निरन्तरता भन्दै प्रदेशबाट १० लाख बाहेक अन्य बजेटले छुन नसकेको हो । १३लाख मध्ये ५ लाख र देवचुलीको प्रचारप्रसारका लागी महोत्सव आयोजना गर्ने र ८ लाख आवश्यक पदमार्ग र पूर्वाधार निर्माणको लागी छुट्याईएको हो । गण्डकी प्रदेश सरकारबाट बुलिङ्गटार ४ तर्फ बाट पद मार्गलाई ५ लाख र देवचुली-६ तर्फ ५ लाख विनियोजन भएको भए पनि यो बजेट निकै नै थोरै भएको स्थानियहरुले गुनासो गरेका छ्न ।

देवचुली पहाडको संरक्षण, संर्वद्घन र विकासका लागी आगामी वर्षको बजेटमा १३ लाख मात्रै छुट्टाईएको जानकारी दिदै देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेले देवचुली पहाडलाई पर्यटकीय गन्तवय बनाउनका लागी आगामी आर्थिक वर्ष निरन्तर बजेट विनियोजन गरिने बताए । “अहिले हामीले १३ लाखको सानो बजेटबाट सुरु गरेका छौं, आगामी वर्षहरुमा पनि बजेट बढाउदै देवचुलीको संरक्षण, संर्वद्घन र विकासका लागी नगरपालिकाले योजना बनाएर कार्यान्वयन गर्ने छ”, प्रमुख न्यौपानेले भने । देवचुली पहाड देवचुली नगरपालिको मात्रै नभएर सिङ्गो जिल्लाको गौरव भएकाले देवचुली पहाडको संरक्षण, संर्वद्घन र विकासका लागी सबैको सहयोग हुन जरुरी रहेको बताए । “ प्रचुर पर्यटकीय सम्भावना बोकेको देवचुलीको विकासका लागी देवचुली नगरपालिका मात्रै नभएर यो सँगै जोडिएका अन्य स्थानिय तह तथा प्रदेश र संघ सरकार सँग सहकार्य गरेर अगाडी बढनु पर्छ ।”, उनले भने ।

 

देवचुली क्षेत्र पर्यटन विकास समितिका अध्यक्ष बिद्रोही गिरीले पर्वतीय पर्यटन र साहसीक पर्यटनको प्रचुर सम्भावना रहेको देवचुली क्षेत्रको विकासका तीनै तहको सरकारबाट बजेट नर्पनु दुखद भएको बताए । नेपालका लागी सगरमाथाको महत्व भए झै नवलपुरका लागी देवचुलीको विशेष महत्व रहेको रहेका ले जिल्लाका स्थानिय तहले यसमा विशेष चासो दिनु पर्ने गिरी बताउछन ।

तत्कालका लागी देवचुली सँग जोडिएका स्थानीय तहले देवचुली पहाड पुग्ने पद मार्ग र यहाँ जीर्ण अवस्थामा रहेको तीन कन्या माईको मन्दिरलाई पुर्णता दिनु, पैदल यात्रीका लागी खानेपानी, विश्राम स्थलको व्यस्थापन गर्नु पर्ने उनको भनाई छ । धार्मीक, साँस्कृतिक तथा पुरातात्विक महत्व बोकेको देवचुली पहाड र यस आसपासको क्षेत्रको विकासका लागी देवचुली सँग जोडिएका स्थानिय तह देवचुली नगरपालिका र बुलिङ्गटार गाउँपालिकाले साझा योजना बनाएर अगाडी बढनु पर्ने भन्दै अध्यक्ष गिरीले देवचुली क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा अगाडी बढाउन सके यो सिङ्गो नवलपुरको विकासमा कोषे ढुङ्गा साबित हुने बताए ।

देवचुली पहाड सँग सँगै देवचुली क्षेत्रमा रहेका तीन कन्या माई मन्दिर, रुद्रपुर गढी, धौवादी, शान्ति पार्क, बोझा पोखरी, किर्तिपुर, झेरीखण्डे दरबार को संरक्षण संर्वद्घन र विकासका लागी स्थानिय तहहरुलेनै साझा योजना बनाएर अगाडी बढनु पर्ने गिरी बताउछन ।

नवलपुर सहित आसपासका जिल्लाका पदयात्रीहरूको रोजाईमा पर्ने गरेको देवचुली पहाड समुद्र सहतदेखि करिब १ हजार ९३४ मिटरको उचाइमा रहेको छ । नवलपुरका विभिन्न भूभाग सहित तनहुँ, पाल्पा, कास्कि, चितवनका भूभागहरु तथा उत्तर तर्फका हिम शृङ्खलाको अवलोकन गर्न सकिने यो पहाडको विकासमा तीनै तहका सरकारहरुले चासो नदेखाउँदा प्रचुर पर्यटकीय सम्भावना बोकेको देवचुली पहाड यस पटक मात्रै होइन विगत देखिनै सधै ओझेलमा पर्ने गरेको हो ।

परापूर्वकालमा यहाँ पाँच पाण्डवहरु गुप्तवास बसेको किंवदन्ति समेत रहेको यस देवचुली पहाडमा थारु समुदायले प्रत्येक वर्ष चैते पूर्णीमाका दिन देवचुली पहाडमा तीनकन्या माईको विशेष पुजा गर्ने गर्दछन् । बाटो, खानेपानी तथा बासको समस्या भए पनि हिउँदको समयमा पोखरी र कुमसोतबाट देवचुली पहाड चढनेको संख्या दैनिक जसो बढने गरेको छ ।

पूर्व पश्चिम राजमार्गको दलदले बजार देखि उत्तर तर्फ रहेको देवचुली पहाड पुग्नका लागी कुमसोत हुदै पोखरी सम्मको करीब २० किलोमिटरको सडक यातायात र त्यहाँबाट करीब ३ घण्टा पैदल उकालो लाग्नु पर्ने हुन्छ । यो बाहेक दलदले बजार बाट करीब १२ किलोमिटर उत्तरमा रहेको किर्तिपुर सम्म सडक यातायात र त्यहाँ बाट करीब ६ ७ घण्टाको पैदल यात्रा गरेर देवचुलीको चुलीमा पुग्न सकिन्छ ।

 

This tutorial is complete with a video to show you just how to use simple supplies to make this beautiful piece of artwork. You can also take gelato-making classes and compete in a scoop-stacking competition. It also supports the execution of managed code on the Xbox. I am not the biggest guy around, but really want to get started Maharaja is a Indian Hindi supernatural adventure film directed by Anil Sharma. Below is a useful map to follow the various routes I was talking about through El Camino. This was the first no-hitter of the Athletics' Oakland tenure, which on this Wednesday night was only 25 games old. I'm from the Netherlands, and at the Dutch wikipedia we're using railway templates for some months now. The car has warning lights on and they either know whats wrong with it and don't want to pay to have it fixed or don't want to know whats wrong with it. We are committed to providing opportunities for personal development and strive to assist every employee in reaching their full potential. The optimal distance D between the light surface simulator and solar collector is 32 cm. What did you think of that advertisement with the mouse on it that warns people about science going too far? This great triptych by Bacon is right now the most expensive painting ever auctioned.

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology