जोतिष शास्त्र अनुसार राखिएको नाम र विशेषताहरु

NAWALPUR TIMES

जोतिष शास्त्र अनुसार राखिएको नाम र विशेषताहरु
received 2540842756066463

सन्जुबाबु पोख्रेल – मध्यबिन्दु

प्राचिनकाल देखी नै हाम्रो संस्कृति, सभ्यता, भूगोल, वातावरण, प्रकृति तथा बिभिन्न तवरले समय प्रस्थितीको मुल्याङ्कन एवम अनुभवबाट सृजित ज्योतिष शास्त्र, यसको अर्थ र महत्वको जानकार नै छौं । आजको विज्ञान र आधुनिक युगले फड्को मार्दै गर्दा धर्मशास्त्रमा उल्लेखित बिषयबस्तुहरु लाई छोडिदै छ ।
यसको ज्वलन्त उदाहरण हो, चलन चल्तीमा आएको बस्तु तथा व्यक्तिहरुका नाम जस्तै पिङ्कि चिङ्कि,जोनी लगाएतका यि र यस्तै नामहरु भन्दा ग्रह गोचर दिनमान, क्षण,घडी, पल, नक्षत्र, तिथि मिति जस्ता प्राकृतिक विज्ञान लाई जोडेर हिसाब गरी राखिएका पौराणिक ग्रन्थहरूमा उल्लेखित नामहरु जस्तै राम,श्याम,गोपाल,हरि,सिता,
गिता जस्ता नामहरुले आफ्ना सन्ततिलाई बोलाउँदा धार्मिक नामहरु उच्चारण गर्दा अभिवाभकहरु खुसि हुने कुरा एउटा फरक पाटो हो । नाम उच्चारणको पहिलो शब्द विभिन्न राशिहरू मा जोडेको पाइन्छ । विभिन्न समय परिस्थितिमा बिभिन्न ग्रह बाट राशिहरुमा पर्ने प्रभावको विषयमा हिसाब किताब गरी ज्योतिष शास्त्र अनुसार राखिएको व्यक्तिहरूको नाम बाट नै उसको ब्यतित्वका आयामबारे धेरै कुरा जानकार हुन सक्छौ । बाह्र राशिहरू मध्य जुनसुकै राशि भएका व्यक्तिहरूको स्वभाव मिल्दोजुल्दो हुन्छनै । दैनिक जीवनमा पर्ने विभिन्न सकारात्मक तथा नकारात्मक प्राकृतिक घटनाक्रम हेर्दा यो संयोग जस्तो लागेपनि कतिपय प्ररिस्थिती त्यसमा जोडिन पुग्छ । विज्ञान र प्रविधिले निम्त्याउने घटनामा पनि काहि कतै यस्ता कुराहरुले प्रभाव पारी राखेको हुन्छ । बिरालो शब्द भन्ने बितिकै डाहाडे लोभि भन्ने बुझे जस्तै ग्रह, गोचर,घडी,राशी,नक्षत्र हेरेर राखिएको नामहरुले मानिसको प्रकृति बुझ्न सजिलो हुने धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology