कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले उम्मेदवारी दिने

NAWALPUR TIMES

कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले उम्मेदवारी दिने
ishwori neupane

काठमाडौं । नेपाली कांग्रेसले सभामुखमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको छ ।

आज बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

अहिले न्यौपानेसँग संसदीय दलको कार्यालयमा छलफल भइरहेको छ । छलफलपछि उनले आजै संघीय संसद सचिवालयमा उम्मेदवारी दर्ता गर्नेछिन् ।

सरकारलाई समर्थन गरेको नेपाली कांग्रेसले सभामुखको विषयमा अन्य राजनीतिक दलहरुसँग समेत छलफल गरिरहेको छ ।
यता नेकपा एमालेका देवराज घिमिरेले सभामुखका लागि उम्मेवारी दर्ता गराएका छन् ।

आज ४ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय छुट्टयाइएको छ । भोलि सभामुखको निर्वाचन हुँदैछ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology