अलकत्र सकिए पछि नारायणघाट बुटवलको कालोपत्र रोकियो

NAWALPUR TIMES
प्रकाशित : २०८० माघ १२ गते ८:३१
अलकत्र सकिए पछि नारायणघाट बुटवलको कालोपत्र रोकियो
butwal narayangadh

कावासोती। पुर्व पश्चिम बुटवल नारायणघाट सडकको पुर्वी खण्डमा कालोपत्रको काम रोकिएको छ ।

कालोपत्रका लागि आवश्यक पर्ने अलकत्र सकिए पछि काम रोकिएको नारायणगढ-बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले बताए ।

पुर्वी खण्डमा थप ८ किलोमीटर सडक कालोपत्र गर्ने तयारी गरिएको भए पनि अलकत्र सकिदा कालोपत्रको काम रोकिएको हो ।

निर्माण कम्पनीका ठेक्का सह–व्यवस्थापक राकेश झाले सडक कालोपत्र गर्न प्रयोग गरिने अलकत्र भारतबाट भन्सार सम्म आइसकेको र प्रक्रिया पुर्‍याएर केही दिनमा ल्याई पुर्याउने बताए । अलकत्र आएपछि एकदुई दिन प्लान्टमा तताउन समय लाग्ने भन्दै झाले त्यसलगत्तै कामले तीव्रता पाउने बताए ।

झाका अनुसार कावासोती, प्रगतिनगरलगायतका ठाउँको सडकमा बेस र सब बेस राख्ने काम भइरहेको छ । अलकत्र आए पछि थप ८ किलोमीटर भाग कालोपत्र थपिने उनले बताए । दोस्रोपटक थप भएको म्याद सकिने बेला असार मसान्तसम्म ७० प्रतिशतभन्दा बढी सडक बिस्तारको भौतिक प्रगति हुनेगरी काम भइरहेको झाको भनाइ छ ।रासस

प्रकाशित : २०८० माघ १२ गते ८:३१
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI