अज्ञात समूहले चलाएको गोली लागेर एक जना भारतीय नागरिकको मृत्यु

NAWALPUR TIMES

अज्ञात समूहले चलाएको गोली लागेर एक जना भारतीय नागरिकको मृत्यु
1460101049death body2020 08 13 07 14 00

काठमाडौं । बारामा अज्ञात समूहले चलाएको गोली लागेर एक जना भारतीय नागरिकको मृत्यु भएको छ । २ वटा मोटरसाइकलमा ५ जनाको समूहमा आएका व्यक्तिहरूले गोली चलाउँदा भारतीय नागरिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

ज्यान गुमाउनेमा भारतीय नागरिक ४५ वर्षीय शिवपुजन प्रसाद यादव रहेका छन् । उनको उपचारको क्रममा मृत्यु भएको हो । गोली लागेर घाइते भएका यादवलाई उपचारका लागि बारास्थित एलएस न्युरो अस्पताल लगिएको थियो ।

यादवमाथि बाराको गढीमाई नगरपालिका २ बरियारपुर भुतही पुल नजिकै गोली प्रहार भएको प्रहरीको भनाइ छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology