महाभियोग लागेपछि ट्रम्पको पहिलो टिप्पणीः ‘वाह, वाह’

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ३ गते ८:१६
महाभियोग लागेपछि ट्रम्पको पहिलो टिप्पणीः ‘वाह, वाह’

उता तल्लो सदनमा महाभियोग प्रस्ताव पारित भएका बेला अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प मिचिगनमा आयोजित एक र्‍यालीलाई सम्बोधन गरिरहेका थिए ।

 र्‍यालीलाई सम्बोधन गर्ने क्रममा उनी एकाएक रोकिए र मतगणनाको नतिजा हेर्दै भने, ‘ओ, मलाई लाग्छ मतदान भइसकेको छ । त्यसो भए हामीलाई प्रत्येक रिपब्लिकनले भोट दिए । वाह ।’

‘वाह, वाह । करिब २ सय । त्यसो भए हाम्रो १९८, २२९ भयो । हामीले एउटा रिपब्लिकन भोट गुमाएनौं र तीन डेमोक्रेट्सले हाम्रा लागि मतदान गरे ।’

‘रिपब्लिकन पार्टीले यसअघि कहिले पनि यस्तो अपमानित हुनुपरेको थिएन तर उनीहरु यत्तिको एकजुट कहिले पनि भएका थिएनन् । ’

बीबीसीबाट

प्रकाशित : २०७६ पुष ३ गते ८:१६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI