विद्यार्थीको भावना विपरीत नेतृत्व ल्याए ठूलो दुर्घटना

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर २५ गते १५:०५
विद्यार्थीको भावना विपरीत नेतृत्व ल्याए ठूलो दुर्घटना

सभापति देउवाको कार्यशैली बिरुद्ध बिद्यार्थी नेता एक जुट

काठमाडौ । नेपाल बिद्यार्थी संघका पुर्वमहामन्त्री मनोजमणी आचार्यले नेबिसंघलाई बिद्यार्थीको भावना अनुसार गठन गर्न माग गर्नुभएको छ । बिवेकपुर्ण आधार काग्रेस एकताको आधार प्राकृतिक न्यायको आधारमा नेबिसंघको नेतृत्वमा हाम्रो आधार बिषयक बिचार गोष्ठिमा नेता आचार्य जरा बिनाको काग्रेसको नेतृत्व गरेको आरोप लगाउदै काग्रेस उत्पादनको नर्सरीको रुपमा स्थापति नेविसंघलाई नेतृत्व बिहिन र क्षमताहिन ब्यक्तिहरुलाई नेतृत्व राख्ने प्रबृद्धिले संघ भताभुड भएको जिकिर गर्नुभयो । काठमाडौको कमलादीमा आयोजना गरिएको उक्त कार्यक्रमा उपत्यका अधिकांश इकाईका सभापति तथा केन्द्रिय समितिका बहुसंख्यक केन्द्रिय सदस्यहरुको उपस्थिती रहेको सो कार्यक्रमा बिद्यार्धी नेता दिपक भट्टराईले पार्टी सभापति शेर बहादुर देउवालाई बिद्यार्धीको नेता अन्त होइन बिद्यार्धी संघ भित्र नै खोज्न आग्रह गर्नुभयो । बिद्यार्धी नेता प्रतिमा गौतम,प्रमोदहरी गुरागाई, गजेन्द्र कार्की  हिमाल श्रेष्ठ,शिव रिमाल लगाएतका नेताहरुले गुटका आधारमा पार्टीले बिद्यार्धीको भावना बिपरित नेतृत्वमा कसैलाई नियुक्त गरेर संघ जिम्मा लगाए ठुलो दुर्घटना हुने बताएका छन् ।

प्रकाशित : २०७६ मंसिर २५ गते १५:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI