नयाँ दिल्लीमा आगलागी हुँदा ३२ को ज्यान गयो

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर २२ गते ११:५७
नयाँ दिल्लीमा आगलागी हुँदा ३२ को ज्यान गयो

नयाँ दिल्ली –भारतको राजधानी नयाँ दिल्लीको रानी झांसी रोडस्थित खाद्यान्न विक्री केन्द्रमा आगलागी हुँदा ३५ जनाले ज्यान गुमाएका छन् । आगलागीमा परेर अन्य ५६ जना घाइते भएका छन । गम्भिर घाइतेको संख्या धेरै रहेकाले ज्यान गुमाउनेहरुको संख्या बढ्न सक्ने अनुमान अधिकारीहरुले गरेका छन ।

घाइतेहरुलाईहरु सबैलाई ४ वटा विभिन्न अस्पतालमा भर्ना गरिएको छ । आगलागीमा अझै केही मानिस फसेको अनुमानमा उद्दार जारी राखिएको छ । साघुरो सडकका कारण दमकल आगलागी भएको स्थान सम्म जान नसक्दा आगलागी नियन्त्रणमा आउन नसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीले आगलागी घटनाको अनुसन्धान थालेको छ । भारतका गृहमन्त्री अमित शाहले उद्धार कार्यमा तीव्रता दिन निर्देशन दिएका छन् । दिल्लीका मुख्यमन्त्री मुख्यमन्त्री अरविन्द केजरीवालले पनि उद्दारको क्रम चलिरहेको बताएका छन् ।

प्रकाशित : २०७६ मंसिर २२ गते ११:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI