No ads found for this position

अरुको आवाज उठाउने पत्रकारले पाउदैनन् न्युनतम पारिश्रमिक

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर २१ गते २१:२०
No ads found for this position
अरुको आवाज उठाउने पत्रकारले पाउदैनन् न्युनतम पारिश्रमिक
No ads found for this position

नवलपुर । अरुको आवाज उठाउने पत्रकारहरुले नै न्यूनतम पारिश्रमिक नपाएको गुनासो गरेका छन् ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिसँग नवलपुरका अधिकांश पत्रकारले सरकारले तोकेको पारिश्रमिक नपाएको गुनासो गरेका हुन् ।

शनिबार कावासोतीमा पारिश्रमिक निर्धारण समितिले राखेको अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारले आफ्नो गुनासो समितिलाई सुनाएको थिए ।

नवलपुरमा मात्र दर्जन भन्दा बढी मिडिया हाउस संचालित छन । तर अधिकांश मिडियामा काम गर्ने पत्रकारले सरकारले तोकेको पारिश्रमिक पाएका छैनन् । सरकारले मोफसलमा चलेका मिडिया हाउसले पत्रकारलाई न्यूनतम् मासिक १७ हजार ६ सय २५ रुपैयाँ तलब तोके पनि मिडिया हाउसले तलब नदिएको गुनासो गरेका थिए ।

न्यूनतम् पारिश्रमिक समितिका अध्यक्ष गंगाधर पराजुलीले सरकारले तोकेको तलब नदिने मिडिया हाउसलाइ सरकारी सेवा सुबिधा दिन नसकिने बताए ।

कार्यक्रममा मिडिया संचालक पनि उपस्थिति भएकाले मिडिया हाउसले धेरै पत्रकारलाई राख्नु भन्दा सक्षम पत्रकारलाई राखेर न्यूनतम पारिश्रमिक दिन आग्रह गरेका थिए ।

कार्यक्रम नेपाल पत्रकार महासंघ नवलपुर पूर्व उपाध्यक्ष एवम् प्रेस युनियन नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीको अध्यक्षतामा भएको थियो ।

त्यसैगरी शनिबार नै परासीमा पनि नेपाल पत्रकार महासंघ परासीको आयोजनामा न्यूनतम पारिश्रमिक निर्धारण समितिको टोलीसँग अन्तरक्रिया भएको थियो ।

प्रकाशित : २०७६ मंसिर २१ गते २१:२०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI