No ads found for this position

आठजना एसपीको सरुवा : चार जिल्लाका प्रहरी प्रमुख फेरिए

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर २१ गते ११:२७
No ads found for this position
आठजना एसपीको सरुवा : चार जिल्लाका प्रहरी प्रमुख फेरिए
No ads found for this position

प्रहरी प्रधान कार्यालयले आठजना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । त्यसक्रममा चार जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।

प्रहरी प्रधान कार्यालयले धादिङका प्रहरी उपरीक्षक (एसपी) राजकुमार बैदवारलाई पुलिस एकेडेमिमा ल्याई एकेडेमीका एसपी रविन्द्र रेग्मीलाई धादिङ सरुवा गरेको छ ।

त्यस्तै सर्लाहीका एसपी गोपालचन्द्र भट्टराईलाई कानुन शाखामा सरुवा गर्दै विश्वमणि पोखरेललाई सर्लाही पठाइएको छ ।

काभ्रेका एसपी जयराज सापकोटालाई दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर सरुवा गरी ट्राफिक महाशाखाका एसपी रवि पौडेललाई काभ्रे पठाइएको छ ।

स्याङ्जाका एसपी राजकुमार लम्साल हेर्डक्वाटर तानिएका छन् भने प्रहरी मुख्यालयको कानुन शाखाका एसपी जनार्दन जिसिलाई स्याङ्जा पुर्याइएको छ ।

प्रकाशित : २०७६ मंसिर २१ गते ११:२७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI