साग पदक तालिका अपडेट : भारत अग्रस्थानमा

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १९ गते १९:४४
साग पदक तालिका अपडेट : भारत अग्रस्थानमा

सागमा समावेश गरिएका विभिन्न खेल प्रतियोगितामा अहिलेसम्म १२४ स्वर्ण पदकको टुंगो लागेको छ । सबै भन्दाबढी स्वर्ण पदक जित्नेको अग्रपंतिमा भारत रहेको छ ।

भारतले यो समाचार तयार पारुन्जेल ५८ वटा स्वर्ण पदक हात पारेको छ । यता नेपालले ३६ वटा स्वर्ण पदकमा बाजी मारेको छ । 

यस्तै श्रीलंका, पाकिस्तान र बंगलादेशले क्रमश : १६, १२ र ४ स्वर्ण पदक हात पारेका छन् । यता माल्दिभ्सले एक स्वर्ण पदक हात पारेको छ भने भुटान अहिलेसम्म स्वर्ण पदक विहीन छ ।

प्रकाशित : २०७६ मंसिर १९ गते १९:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI