No ads found for this position

ट्रक र स्कूटर ठोक्कीदा भरतपुर १० का गिरीको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १९ गते ७:४८
No ads found for this position
ट्रक र स्कूटर ठोक्कीदा भरतपुर १० का गिरीको मृत्यु
No ads found for this position

गैडाकोट, १९ मंसिर । नवलपुरको गैंडाकोट  २ स्थित नमस्ते चोक नजिक आज मध्यरातमा (१ः२० बजे) भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख इन्सपेक्टर दिपक कुमार कार्कीले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार पश्चिमबाट पुर्व तर्फ जादै गरेको ना ६ ख ८०५८ नम्बरको ट्रक, पुर्वबाट पश्चीम तर्फ आउँदै गरेको ना ३१ प २६१८ नम्वरको स्कूटर एक आपसमा ठक्कर खादाँ दुर्घटना भएको हो ।

दुर्घटनामा स्टकुटरमा सवार दुइ जना गम्भीर घाइते मध्ये भरतपुर १० का २६ वर्षिय विरेन्द्र गिरीको मृत्यु भएको र अर्का गैडाकोट ४ का २१ वर्षिय आकाश सिजालीको नयाँ मेडिकल कलेजमा उपचार जारी छ।स्कूटरले ओवरटेक गर्न खोज्दा ट्रकमा ठोकिन पुगेको प्रहरीको भनाई छ।

प्रकाशित : २०७६ मंसिर १९ गते ७:४८
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI