देवचुलीमा २८ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाईयो

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १७ गते १६:३९
देवचुलीमा २८ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाईयो


राजु चापागाई
देवचुली, १७ मंसिर
देवचुली नगरपालिकामा २८ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवशको अवसरमा अपाङ्गता भएका व्यक्तिहरूका सवालमा छलफल कार्यक्रम सम्पन्न भएको छ । देवचुली नगरपालिका अपाङ्गता समन्वय समितिको आयोजनामा दिगो विकासको लक्ष्य , अपाङ्गमैत्री भविष्य भन्ने नाराका साथ आज सहारा पार्टी प्यालेस दलदलेमा कार्यक्रम गरिएको हो ।दिवस अवसर पारी देवचुली नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको समस्या पहिचान गर्न , नगरपालिका तथा गैरसरकारी संस्थाबाट अपाङ्गता व्यक्तिको क्षेत्रमा संचालन भैरहेको र आगामी दिनका कार्यक्रममा जानकारी गराउन छलफल गरिएको हो ।


सरकार भनेको सक्नेको लागि मात्र नभई अशक्तका लागि पनि हो भन्ने अनुभुती हुने खालको कार्यक्रम गर्ने देवचुली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद भुसालले बताउनुभयो । भुसालले नीतिगत रूपमा अपाङ्गता भएका व्यक्तिहरुको लागि कार्ययोजना बनाई कार्यान्वयन गर्ने बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरुलाई परिवारबाट हुने विभेदको अन्त्य हुनुपर्ने धौलागिरी अंपाग उत्थान केन्द्रका अध्यक्ष विष्णुप्रसाद काफ्लेले बताउनुभयो । देवचुली नगरपालिकामा पुष मसान्त भित्रमा अपाङ्गता भएका व्यक्तिहरू विवरण संकलन गरि परिचय पत्रको व्यवस्था गर्ने देवचुली नगरपालिका अपाङ्गता समन्वय समिती संयोजक तथा देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीले बताउनुभयो । देवचुली नगरपालिकामा अब निर्माण हुने भवनहरु अपांगमैत्री बनाउनुका साथै अपाङ्गता भएका व्यक्तिहरुका सीपमूलक तालिमहरु प्रदान गरी जिविकोपार्जनका लागि सहयोग गर्ने उप प्रमुखले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रम देवचुली नगरपालिका अपाङ्गता समन्वय समिती संयोजक पार्वता तिवारीको अध्यक्षता, देवचुली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद भुसालको प्रमुख आतिथ्यता , देवचुली नगरपालिका वडा न ९ का अध्यक्ष मेखबहादुर सारु , वडा न १० का अध्यक्ष केशर आले , प्रगतिनगर खानेपानी सरसफाइ संस्थाका अध्यक्ष खिमानन्द भुसाल , जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दीपक शर्मा लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यतामा अपाङ्गता भएका व्यक्तिहरुसहित करिब ७५ जनाको उपस्थितिमा सम्पन्न भएको थियो ।

प्रकाशित : २०७६ मंसिर १७ गते १६:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI