बौदिकाली-५ मा ६१५ (७२.०९%) मत खस्यो

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १४ गते १७:३३
बौदिकाली-५ मा ६१५ (७२.०९%) मत खस्यो

पुर्वी नवलपरासी जिल्लामा एकवटा स्थानमा मात्र आज उप निर्वाचन सम्पन्न भएको छ । जिल्लाको बौदिकाली गाउपालिका वडा नं ५ मा आज वडा अध्यक्षको लागि मतदान सम्पन्न भएको हो ।
कुल ८५३ जना मतदाता रहेको उक्त वडामा साझ ५ बजे सम्म ६१५ अर्थात ७२.०९% मय खसेको मतदान स्थलबाट पत्रकार महासंघ नवलपुरका सभापती होमराज रानाभाट ले जानकारी दिनुभयो । जस मध्य २५७ पुरुष र ३५८ महिला मतदाताले मतदान गरेका रानाभाटले जानकारी दिनु भयो । उप निर्वाचनमा वडा अध्यक्ष पदका लागी नेकपा, काग्रेस र समाजवादी पाटीबाट गरी ३ जनाको उमेद्वारी परेको छ ।मत खसेको मतदान सकिए लगतै बुंदीकाली गाउँपालिकाको कार्यालय रहेको स्थानमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा रातिदेखि नै मतगणना शुरु हुने जनाईएको छ

दलबहादुर खरु मगरको निधन भएपछि यहाँ वडाअध्यक्ष पदका लागि उपनिर्वाचन भएको हो । वडाअध्यक्षमा नेकपाबाट मृतकका जेठा छोरा खिमबहादुर थापा खरु मगर, नेपाली काँग्रेसबाट मृतकका साला तुलबहादुर राना मगर र समाजवादी पार्टीबाट पितमबहादुर राना मगरले उम्मेदवारी दिएका छन् ।

प्रकाशित : २०७६ मंसिर १४ गते १७:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI