पोखरामा नेकपाको सभा नजिकै बम बिस्फोट

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर ११ गते १३:२६
पोखरामा नेकपाको सभा नजिकै बम बिस्फोट

कास्की

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने चुनावी सभा नजिकै बम बिस्फोट भएको छ।

कास्की पोखरास्थित नयाँ बजारमा बम बिस्फोट भएको हो।

‘बिस्फोटको आवाज आएको छ,’ कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले भने, ‘खासै क्षति भएको छैन।’

प्रजिअ केसीका अनुसार नेकपाले चुनावी सभा आयोजना गरेको स्थलभन्दा करिब दुई सय मिटर नजिक बिस्फोट भएको हो।
‘मानविय क्षति छैन,’ उनले भने।

नेकपाले बुधबार यहाँ आयोजना गरेको चुनावी सभामा सहभागी हुन प्रचण्ड पोखरा पुगिसकेका छन्।

चुनावी सभालाई लक्षित गर्दै बिस्फोट भएको हो। नेकपा नेता सुवासचन्द्र नेम्वाङले भाषण गरिराखेका बेला बिस्फोटको आवाज सुनिएको थियो।

प्रकाशित : २०७६ मंसिर ११ गते १३:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI