धानमा आगो लगाउँदै झापाका किसान

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर ११ गते ७:५५
धानमा आगो लगाउँदै झापाका किसान

पाक्न लागेको धानमा फड्के कीरा लागेपछि यतिबेला झापाका किसान खेतमा धमाधम आगो लगाइरहेका छन् । कीराको संक्रमणले धानबाली सखाप भएपछि खतमै आगो लगाउन किसान बाध्य भएका हुन् ।
 
फड्के कीराको संक्रमणका कारण धान उत्पादनको भण्डार मानिने झापाका २ सय २५ बिघामा उत्पादन भएको धान खेतमा नै आगो लगाउनु परेको कृषि ज्ञान केन्द्र थापाले जनाएको छ ।

धान पसाउने बेलामा फैजी कीराको संक्रमण झेलेका किसान धान पाक्ने बेलामा फड्के कीको संक्रमण झेलिरहेका छन् । 

मेचीनगर नगरपालिका –९ का कमलमणि पौडेलले फड्के कीरालले धानको जरा काटेपछि १० कठ्ठामा आगो लगाइसकेको बताए । 

भुसुनाजस्तो देखिने किराले एकैरातमा पाकेको धानको दाना भुस बनाउने गरेको उनी बताउँछन् । दुई चारदिनमै खेतको धान कीराले सखाप बनाएपछि किसानको लगानी नै खेर गएको छ । यो समाचार आजको कारोबार दैनिकमा मनिष चम्लागाईँले लेखेका छन् ।

यो पनि हेर्नुहोस

प्रकाशित : २०७६ मंसिर ११ गते ७:५५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI