दोस्रो नमूना गोल्डकप : सेन्ट्रल कलेज भरतपुर फाईनलमा

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर ५ गते १२:३८
दोस्रो नमूना गोल्डकप : सेन्ट्रल कलेज भरतपुर फाईनलमा

राजु चापागाई
देवचुली, ५ मंसिर

देवचुली नगरपालिकामा संचालित दोस्रो नमुना गोल्डकप २०७६ मा आज सेन्ट्रल कलेज भरतपुर विजयी हुँदै फाईनल प्रवेश गरेको छ । प्रगतिकला मन्दिर युवा क्लबको आयोजनामा जन ज्योति नमुना मा वि को खेलमैदानमा संचालित प्रतियोगितामा हर्दी समाज युवा क्लब भण्डाराका विरुद्ध सेन्ट्रल कलेज भरतपुरबिच भएको खेलमा निर्धारित समयमा दुवै टिमबाट बराबरी १-१ गोल हुदै ट्राईबेकरमार्फत सेन्ट्रल कलेज भरतपुर ३ – १ गोल अन्तरले विजयी भएको हो । जितसंगै उपाधिका लागि सेन्ट्रल कलेज भरतपुरले प्रगतिकला मन्दिर युवा क्लबसंग फाईनलमा प्रतिस्पर्धा गर्नेछ । आजको निर्धारित समयको खेलमा सेन्ट्रल कलेज भरतपुरको तर्फबाट रोशन रानाले गोल गरेका थिए भने हर्दी समाज युवा क्लब भण्डाराको तर्फबाट दिपक चौधरीले गोल गरेका थिए । आजको खेलमा सेन्ट्रल कलेज भरतपुरका गोलरक्षक सरोज तामाङ म्यान अफ दि म्याच घोषित भएका छ्न ।


प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १,११,१११/- ट्रफी , प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु ६१,१११/- प्राप्त गर्नेछ । त्यस्तै खेलमा सर्वोकृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र अनुशासित टिमलाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको फाईनल खेल प्रगतिकला मन्दिर युवा क्लब र सेन्ट्रल कलेज भरतपुरबीच शनिबार हुने खेल संयोजक प्रकाश श्रेष्ठले बताए ।

प्रकाशित : २०७६ मंसिर ५ गते १२:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI