बन्दुकको छर्रा लागेर उदयपुरमा १ जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १ गते ८:१९
बन्दुकको छर्रा लागेर उदयपुरमा १ जनाको मृत्यु

२७ कात्तिक, उदयपुर । उदयपुरमा सिकारीले चलाएको भरुवा बन्दुकको छर्रा लागेर एक व्यक्तिको ज्यान गएको छ । कटारी नगरपालिका–११, गोठडाँडाका शंकर राउतको गएराति बन्दुकको छर्राले लागेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय, कटारीका प्रमुख डीएसपी प्रेमसागर केसीले सिकारीले चलाएकाे भरुवा बन्दुकको छर्राले लागेर राउतको ज्यान गएको जानकारी दिए ।

गोली कसले चलायो भन्नेबारे केही नखुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी केसीले  बताए ।

राउतको शव पोष्टमार्टमका लागि अहिले कटारी अस्पतालमा ल्याइएको छ ।

प्रकाशित : २०७६ मंसिर १ गते ८:१९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI